
काठमाडौं— तेस्रो दक्षिण एशियाली योग स्पोर्टस् च्याम्पियनसिपमा ६ स्वर्ण, ८ रजत र ४ काश्य पदक जित्दै भारतले पहिलो स्थान प्राप्त गरेको छ ।
तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा सोमबार सम्पन्न प्रतियोगितामा समान ६ स्वर्ण ३ रजत र ४ काश्य जित्दै नेपालले दोस्रो स्थान हासिल गरेको छ भने १ स्वर्ण ३ रजत जित्दै बङ्गलादेशले तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी दोस्रो माउन्ट एभरेष्ट योग महोत्सव प्रतियोगितामा पनि भारतले ११ स्वर्ण, ५ रजत र ५ काश्य जित्दै प्रथम स्थान हासिल गरेको छ भने १ स्वर्ण, २ रजत र २ काश्य जित्दै साउदी अरेबिया दोस्रो तथा ४ काश्य र ५ रजत जित्दै आयोजक नेपालले तेस्रो स्थानमा चित्त बुझाएको छ ।
नेपालबाट साउथ एसियनमा महिला तथा पुरुष गरी ७२ जना खेलाडी २२ जना अफिसियल, भारतबाट ७९ खेलाडी १२ अफिसियल साउदी अरबबाट ९ जना खेलाडी ११ जना अफिसियल, र बङ्गलादेशबाट ५ जना खेलाडी तथा ४ जना अफिययिल र इरान योग फेडेरेसनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।