गोङ्गबुको होटलमा मृत फेला परे प्रेमी-प्रेमिका

काठमाडौं— गोङ्गबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् ।
टोखा नगरपालिका– ९ स्थित ग्रीन नेपाल होटलमा सोमबार बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको बताए ।
मृत्यु हुनेमा गोरखाको सहिद लखन गाउँपालिका– १ घर भएका दिनेश सार्की र तनहुँको व्यास नगरपालिका– १० दमौली घर भएकी मुस्कान वयक छन् ।
बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा केटी कोठाभित्र र केटा बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १८:४७