‘स्थानीय किसान र उद्यमीको संरक्षण गर्न उपभोग्य वस्तुमा कर’

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय किसान र उद्यमीहरूलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताएका छन् ।
सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले प्याज र आलुमा भ्याट लगाउनुको उद्देश्य स्थानीय किसान र उद्यमीको संरक्षण गर्नुबाहेक अन्य उद्देश्य नरहेको बताए ।
उनले भने, ‘खाद्यवस्तुमा कर लागाएको भन्ने सन्दर्भमा प्याज, आलु, स्याउलगायतको उपभोग्य वस्तुमा किन भ्याट लगाइयो भन्ने छ, हाम्रोमा धेरै आयात भइरहेको छ । अरबौँ गइरहेको छ । हामी कृषिप्रधान देश भन्छौँ तर, आयात मात्र गरिरहेका छौँ । त्यसैले त्यसलाई संरक्षण गर्नु पर्यो र स्थानीय किसान उद्यमीहरूलाई संरक्षण गर्नको लागि भ्याट लगाइको हो ।’
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १४:५७