
काठमाडौं— अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशीसँग सहयोग ल्याउँदा खर्च गर्न सक्ने क्षमता पनि देखाउनु पर्ने बताए ।
सोमबार बजेटमाथि उठेका प्रश्नको संसद्मा जवाफ दिँदै डा महतले विदेशी दाताहरूले सहयोगका लागि अझै पनि इच्छा देखाएका छन् । तर हामीसँग खर्च गर्ने क्षमता देखाउन नसक्दा सहयोगका लागि देखाएको इच्छा लिन नसकेको उनको भनाइ थियो ।
डा महतले भने, ‘बजेट आउँछ खुसी हुन्छौं तर कार्यन्वयन हुँदैन । उपयोग र खर्च हुँदैन । विदेशी सहयोग र थप सहयोग आउँछ । त्यस्ता प्रतिवद्धताहरू आएको छ । त्यो किसिमको विदेशी सहयोगी दाताहरूले इच्छा प्रकट गरेका छन् । तर हामीले खर्च गर्ने क्षमता देखाउनु पर्छ । बजेटको आकार चालु आर्थिक वर्ष भन्दा २.३४ प्रतिशतले घटाएको छ। घटाउनु पर्ने अवस्था आयो । किनभने एकातिर क्रृण व्याजको दायित्व हरेक वर्ष तिर्नु पर्छ त्यो दायित्व बढ्यो । अर्कोतिर वैदेशिक सहयोग कति आउँछ त्यसलाई मध्य नजर राख्नै पर्यो । र हाम्रो राजस्व कति छ ? त्यसलाई पनि मध्य नजर राख्नु पर्यो ।’