News Griha :: न्यूजगृह
अर्थमन्त्री महत भन्छन्— बजेटमा दम भएकै कारण दर्जनौँ प्रश्न उठेको हो 

काठमाडौं— अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटका बारेमा दर्जनौँ प्रश्न उठेको र बजेटमा भएको शक्तिकै कारण यो प्रश्न उठेको धारणा राखेका छन् । 

प्रतिनिधि सभामा आर्थिक बर्ष २०८०-८१ को अनुमानित आयव्यय माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैँ अर्थमन्त्री महतले विपक्षी दलका नेताले २ घण्टा उभिएर बजेटको बारेमा बोल्नुले बजेटमा केही दम छ भन्ने प्रष्ट भएको जिकिर गरे । 

उनले भने, ‘मैले तीन घण्टाको बजेट प्रस्तुत गरे तर विपक्षी दलका नेता केपी शर्मा ओलीले २ घण्टाको टिप्पणी गर्नु भएको छ । यसबाट मैले यो बजेटमा केही महत्वपूर्ण कुरा छन् । यसले नयाँ कुरा अगाडि बढाउने छ, होइन भने विपक्षी दलको नेता दुई घण्टा उभिएर समय दिनु हुन्नथ्यो ।’ 

अर्थमन्त्री महतले बजेटमा भएका केही कमजोरीलाई आफूले स्वीकारेको पनि प्रष्ट पारेका छन् । उनले भने ‘आर्थिक वृद्धिको लक्ष्य महत्वकाङ्क्षी भयो भनेर आएको छ । यसको आकार ठूलो भयो भनेर आएको छ । राजस्वको लक्ष्य महत्वाकाङ्क्षी भनेर आएको छ ।  साधारण खर्च घटाउन सक्नु भएन भनेर आएको छ । गाँजा खेती नै किन भनेर प्रश्न उठेको छ । कृषि शिक्षा स्वास्थ्यमा बजेट कम भयो भनिएको छ । उपभोग्य बस्तुको बारेका करमा प्रश्न आएको छ । एकै पटक समस्याको चाङलाई हटाउन सकिँदैन त्यो मेले स्वीकार गरेको छु त्यसैले बजेट कार्यन्वयन र सुधारको प्रस्ताव गरेको छु । यो बजेट अहिले पनि थोरै थारै बाँड्ने प्रवित्तिलाई रोक्न सकेका छैनौँ । समस्या, महत्वकाङ्क्षा र मागहरू धेरै छ, स्रोत साधन छैन् । जति पनि विनियोजन छ ती विनियोजन जहाँ आवश्यकता छ,  त्यही अनुसार राखेका छौं । ’

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:१२
Weather Update