News Griha :: न्यूजगृह
बजेट वितरणमा कुनै पक्षपात भएको छैन : अर्थमन्त्री महत 
फाइल तस्बिर ।

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा मात्र बढी बजेट गएको भन्ने गुनासो सही नभएको बताएका छन् । 

प्रतिनिधि सभामा आर्थिक बर्ष २०८०/८१ को अनुमानित आयव्ययमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले बजेट वितरण  र बाँडफाँटमा कुनै पक्षपात नभएको प्रष्ट पारेका छन् । 

उनले भने, ‘सबैको चासो चिन्ता के छ भने प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र  अर्थमन्त्रीको जिल्लामा मात्र सारा बजेट गयो कि भन्ने छ । हुँदाहुँदै ४० प्रतिशत नै बजेट गयो कि भन्ने छ । त्यस कुरामा कुनै सत्यता छैन । त्यो चाहिँ समग्र किताब र बजेट हेरेपछि थाहा हुन्छ । जस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुँजीगततर्फ १२३ अर्ब विनियोजन गरेकोमा तीनवटा जिल्लामा छुट्टयाएको रकम नगण्य नै छ । त्यस्तो हाइन ।’ 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:४७
Weather Update