अर्थमन्त्री महत भन्छन्– राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो होइन

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो नभएको बताएका छन् ।
सोमबार बजेटमाथि उठेका प्रश्नको संसद्मा जवाफ दिँदै डा. महतले बजेटको उद्देश्य मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनु भएको पनि दोहोर्याए ।
उनले भने, ‘पुँजीगतखर्च १७ प्रतिशतमात्रै भयो र थोरै भयो भनेर प्रश्न आयो । तर, रियलमा २७ प्रतिशत हो । जुन चालु तथा साधारण खर्च भन्छौँ, त्यहाँ कतिपय पुँजीगत खर्च छ । त्यो भनेको ४ खर्ब ७१ अर्ब बराबर हुन्छ । तथापि हामी त्यहाँ पनि छ पुँजीगत खर्च भनेर त्यसैलाई आधारित भएर धेरै खर्च गरेका छौँ भनेर दाबी गर्ने पक्षमा छैनौँ । हामी चाहन्छौँ पुँजीगत खर्च बढाउनुपर्छ । राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो बढाउने हैन । हामीले अर्थतन्त्र नै चलायमान गराउनु पर्छ ।’
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १४:५२