
काठमाडौं — चीनको हाङझावमा हुने १९ औ एशियाली तयारीमा रहेका २६ जना नेपाली बक्सरलाई सम्हाल्न भारतीय बक्सिङ प्रशिक्षक शिव सिंह नेपाल आएका छन ।
भारतका पूर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ सिंहले विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याम्पियन मुक्केबाज उत्पादन गर्न सफल भएका छन् । सिंहले आगामी १९ औ एशियाली खेलकुदको तयारी टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन ।
उनीसँगै प्रशिक्षणमा नेपाली बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पूर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन् । प्रशिक्षण बिहान र बेलुका दशरथ रङ्गशालामा भइरहेको छ ।
चीनको हाङझावमा हुने एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुँदैछ ।
नेपालले हालसम्म बक्सिङबाट एसियाली खेलकुदमा ६ काश्य पदक मात्र जितेको छ ।