सोमबार सुनको मूल्य कति ?

काठमाडौं— सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।
नेपाल सुन चाँदीव्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि एक सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १३:१०