रास्वपामा असलहरूलाई ढोका खुला छ, बेइमानीलाई छैन : रवि लामिछाने आइतबार, असार १७, २०८०

ललिता निवास जग्गा काण्ड मैले राम्रोसँग बुझेको छैन : केपी ओली आइतबार, असार १७, २०८०

आज बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट आइतबार, असार १७, २०८० साताको पहिलो दिन शेयर बजारमा बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

राजाको छोराको बिहेको अवसरमा सोमबार सार्वजनिक बिदा आइतबार, असार १७, २०८० मुस्ताङको लोमन्थाङ गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।

कान्तिपुर मिडिया ग्रुपका कर्मचारी आन्दोलित, घेरे मुख्यालय आइतबार, असार १७, २०८० आर्थिक मन्दीको बहानामा कर्मचारीहरूको तलब नदिने र कामबाट निकाल्ने काम भएको भन्दै कान्तिपुर मिडिया ग्रुपमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आइतबार थापाथलीस्थित बिजनेश पार्कमा रहेको कान्तिपुर मुख्यालय अगाडि प्रर्दशन गरे ।

अर्थमन्त्री महत भन्छन्— विद्युतीय सवारीको मूल्य समायोजन हुन्छ आइतबार, असार १७, २०८० प्रतिनिधि सभाको आइतबारको बैठकमा आर्थिक विधेयक, २०८० मथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएको उल्लेख गर्दै साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने स्पष्ट पारे।

एक लाख ७५ हजार घुस लिने नापीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, असार १७, २०८० घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
1688285780.jpg)
जितका लागि नेपालले पायो एक सय ८२ रनको लक्ष्य आइतबार, असार १७, २०८० यूएईले ४६.५ ओभरमा अलआउट हुनुअघि १ सय ८१ रनमात्र बनाउन सक्यो । आइतबारको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । करण केसीले पनि तीन विकेट हात पारे । प्रतिस जीसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले पनि एक—एक विकेट लिए ।
‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?’ आइतबार, असार १७, २०८० प्रतिनिधि सभाको आइतबारको बैठकमा आर्थिक विधेयक, २०८० माथि सांसद सुमना श्रेष्ठ र शिशिर खनालले प्रस्तुत गरेको संशोधनलाई समर्थन गर्दै झाले कर व्यवस्था आम जनतालाई मारमा पार्ने किसिमको भएको भन्दै आपत्ति जनाए ।
![सडकमै यात्रुको नाचगान [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/sadak ma nachgan1688294416.jpg)
सडकमै यात्रुको नाचगान [तस्बिरहरू] आइतबार, असार १७, २०८० नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरोले बिच मै रोकिएका यात्रु सडकमै नाचगान गर्दै समय बिताउँदै छन् । गएरातिदेखि अनिरुद्ध यो सडकखण्डमा हजारौं सवारीसाधन रोकिएका छन् । सडकखण्ड अझै सुचारु भएको छैन् ।अहिले पुलमा खसेको पहिरो एक्साभेटरको सहायताले पन्छाइँदै छ ।

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आइतबार, असार १७, २०८० ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ९० दशमलव ५२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

दार्चुलामा मृत फेला पर्यो चितुवा आइतबार, असार १७, २०८० स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख परमानन्द कुँवरले बताए ।

नागरिकको जिम्मा राज्यले लिन्छ : कानुन मन्त्री गुरुङ आइतबार, असार १७, २०८० आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नहरूको जवाफ दिँदै उनले नागरिकको जिम्मा राज्यले नै लिनु पर्ने भन्दै नागरिकको हितको पक्षमा सरकार प्रतिवद्ध रहेको बताए ।









