News Griha :: न्यूजगृह
नागरिकको जिम्मा राज्यले लिन्छ : कानुन मन्त्री गुरुङ

काठमाडौं—  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारले आम नागरिकको जिम्मा लिने बताएका छन् । 

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नहरूको जवाफ दिँदै उनले नागरिकको जिम्मा राज्यले नै लिनु पर्ने भन्दै नागरिकको हितको पक्षमा सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘प्रेम सुवाल मलाई स्थायी प्रतिपक्ष जस्तो लाग्छ । सामन्तवादका अवशेषहरू कहीँ कतै बाँकी छन भने त्यसको जरैदेखि उखेलेर फाल्नको लागि यो विधेयक आएको हो । उहाँ पनि यसको पक्षमा नै हुनुहुन्छ जस्तो लाग्छ ।’  

गुरुङले गर्भ देखि चिहानसम्म नागरिकको जिम्मा राज्यले लिनु पर्छ भन्ने कुरामा सहमत भएको बताए । राज्यसत्ता नागरिकको लागि हो र त्यसैको लागि राजनीति गरेको उनको भनाई छ ।  गुरुङले न्यायलयको बेथितिबारे सरकारको ध्यानाकर्षण भएको बताए ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:५४
Weather Update