ललिता निवास जग्गा काण्ड मैले राम्रोसँग बुझेको छैन : केपी ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास सार्वजनिक जग्गा प्रकरणबारे थाहा नभएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले ललिता निवास प्रकरण लगायतका काण्ड आफूले राम्रोसँग नबुझेको बताए ।
उनले भने,‘ललिता निवास प्रकरणलगायत भ्रष्टचारको काण्ड मैले राम्रोसँग बुझेको छैन । बुझ्न बाँकी छ ।’
त्यस्तै ओलीले कोशी प्रदेश नामाकरणको विषयमा आफ्नो पार्टीका सांसदमाथि आक्रमण भएको भन्दै असन्तुष्टि पोखे ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १८:१७













