दार्चुलामा मृत फेला पर्यो चितुवा

दार्चुला— जिल्लाको लेकमगाउँपालिका–१दानुगाड खोला किनारमा आइतबार चितुवा मृत फेला परेको छ ।
स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख परमानन्द कुँवरले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १६:०६