News Griha :: न्यूजगृह
एक लाख ७५ हजार घुस लिने नापीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं— घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरूलाई एक लाख ७५ हजार रुपैयाँ बराबरको घुस रकमसहित पक्राउ गरेको थियो ।

उनीहरूलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १६:४७
Weather Update