News Griha :: न्यूजगृह
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट 

काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  आइतबार उच्च अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलव २९ मा सीमित भएको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ९० दशमलव ५२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

कूल एक करोड १३ लाख २३ हजार एक सय ८३ कित्ता शेयर पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार एक सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन लाइफ इन्स्युरेन्स शीर्ष स्थानमा छ । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १६:१५
Weather Update