नेपाल vs यूएई
जितका लागि नेपालले पायो एक सय ८२ रनको लक्ष्य
1688285780.jpg)
काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

यूएईले ४६.५ ओभरमा अलआउट हुनुअघि १ सय ८१ रनमात्र बनाउन सक्यो । आइतबारको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । करण केसीले पनि तीन विकेट हात पारे । प्रतिसजीसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले पनि एक—एक विकेट लिए ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १६:३९