News Griha :: न्यूजगृह
आज बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट 

काठमाडौं— साताको पहिलो दिन शेयर बजारमा बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

सिटी होटल नौ दशमलव ९८, एनसिसी ऋणपत्र सात दशमलव ७८, लक्ष्मी इक्विटी फण्ड पाँच दशमलव ५६ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले पाँच दशमलव ४९ प्रतिशतले कमाएका छन् ।

सिर्जनशील लघुवित्त नौ दशमलव ३२, माउण्टेन इनर्जी नेपाल नौ दशमलव १२, गरिमा विकास लघुवित्त आठ दशमलव शून्य एक, साधना लघुवित्त सात दशमलव ५८ र गुराँस लघुवित्तका लगानकर्ताले सात दशमलव ३६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:०६
Weather Update