News Griha :: न्यूजगृह
कान्तिपुर मिडिया ग्रुपका कर्मचारी आन्दोलित, घेरे मुख्यालय  

काठमाडौं—  कान्तिपुर मिडिया ग्रुप (केएमजी) का कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

आर्थिक मन्दीको बहानामा कर्मचारीहरूको तलब नदिने र कामबाट निकाल्ने काम भएको भन्दै केएमजीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आइतबार थापाथलीस्थित केएमजी मुख्यालय अगाडि प्रर्दशन गरे ।

२१ वर्षदेखि कान्तिपुरमा कार्यरत राजकुमार रिजालले कान्तिपुरले आर्थिक मन्दीको बहानामा तलब नदिने र छलफलका लागि जाँदा पनि झुलाउने काम गरेकोले आन्दोलन गर्न बाध्य भएको बताए । 

Rajkumar Rizal 1688297360.jpg
राजकुमार रिजाल

उनले भने, ‘आर्थिक मन्दीको बहानामा कर्मचारीहरूलाई अनेक तरिकाले दुख दिने र जागिरबाट निस्किएर जानको लागि धम्काउने गतिविधिहरू गर्नु भएको थियो । हामीले औपचारिक र अनौपचारिक छलफलमा यस्तो कामहरू बन्द गर्नु, कम्पनी घाटामा छ भने हामी छोडेर जान तयार छौ तर हामीलाई श्रमको उचित मूल्य दिनु पर्न भन्ने माग गरेको हो ।’ उनले संयुक्त संघर्ष समिति गठन गरेर जेठ १५ गते ७ बुँदे माग पत्र पेश गरेपनि सम्बोधन हुन नसकेको बताए ।  २१ दिनको समय सिमा सहित उनीहरूले मागपत्र पेश गरेका थिए ।  

kmg-andolan31688297443.jpg

उनले भने, ‘पटक पटकको छलफलमा उहाँहरूले ५ वर्ष काम गरेको साथीहरूलाई १ महिनाको, १० वर्ष काम गरेकालाई २ महिना, १५ वर्ष काम गर्नेलाई ३ महिनाको र त्योभन्दा माथि वर्ष काम गरेका साथीहरूलाई ४ महिनासम्मको दिन सक्छौ, त्यो भन्दा माथि दिन सक्दैनौ भनेर भन्नु भयो हामीलाई त्यो चित्त बुझेन । त्यसपछि यस संस्थामा काम गर्ने ४ वटा सक्रिय युनियनहरू बसेर छलफल गरेर संयुक्त संघर्ष समिति गठन भयो २०८० जेठ १५ गते ७ बुँदे माग पत्र २१ दिनेको समय दिएर पेश गरेका थियौ । तर अझै सम्बोधन भएको छैन । ’

kmg-andolan21688297442.jpg

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १७:१३
Weather Update