प्रमुख प्रतिपक्षीले जे बोल्यो त्यही हाम्रो भाषा हो भन्ने आरोप गलत : रवि लामिछाने सोमबार, असार २५, २०८०

बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ३९ घाइते सोमबार, असार २५, २०८० पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । दुर्घटनामा परी अन्य ३९ यात्रु घाइते भएका छन् ।

प्रधानमन्त्रीलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह : नैतिकता भन्ने चिज जीवित छ भने राजीनामा दिनुस् सोमबार, असार २५, २०८० सोमबार प्रतिनिधि सभा बैठकमा सांसद लिङ्देनले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने पटकपटक दोहोर्याए । ‘नैतिकता भन्ने चिज जीवित छ भने राजीनामा दिनुस्,’ उनले भने ।

रवि लामिछानेको आक्रोश : संसद् तीन दलको बन्धक होइन सोमबार, असार २५, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् तीन दलको बन्धक नभएको बताएका छन् ।

गोकुल बास्कोटाको प्रश्न : प्रधानमन्त्रीले तिरङ्गा उठाउने हो कि चन्द्र–सूर्य झण्डा ? सोमबार, असार २५, २०८० सोमबार प्रतिनिधि सभा बैठकको सुरुमै एमाले सांसद बास्कोटाले प्रधानमन्त्रीलाई राजीनामा दिन समेत चुनौती दिए ।

झिनो अङ्कले घट्यो नेप्से परिसूचक सोमबार, असार २५, २०८० नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा पार्किङको माग गर्दै कानुन व्यवसायीहरू आन्दोलित सोमबार, असार २५, २०८० बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानुन व्यवसायी र सेवाग्राहीहरूलाई पार्किङ गर्न नदिइएको भन्दै कानुन व्यवसायीहरू आन्दोलित भएका हुन् । कानुन व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापनपत्र समेत बुझाएका छन् ।

ममाथि षड्यन्त्र भयो, शरणार्थी प्रकरणमा जबर्जस्ती तान्न खोजियो : आरजु सोमबार, असार २५, २०८० सार्वजनिक अडिओ संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए । त्यो आवाज नक्कली शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका आरोपित दाङका सन्देश शर्मा कै भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरी अनुसन्धानबाट सो आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा...

हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सुरु गर्नेगरी निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन सोमबार, असार २५, २०८० सोमबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट नै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

प्रचण्ड, देउवा र ओलीबीचको बैठक सकियो, संसद् अवरोध हटाउन एमाले तयार सोमबार, असार २५, २०८० सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो । बैठकबाट बाहिरिँदै गर्दा भित्र के भयो भन्ने पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रविन्दु भएर भूकम्प सोमबार, असार २५, २०८० राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर सोमबार दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

एघार महिनामा नेपाल भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स सोमबार, असार २५, २०८० विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो ।

उपत्यकामा नौ हजार ६८३ दुर्घटना : १७८ जनाको मृत्यु सोमबार, असार २५, २०८० काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा नौ हजार छ सय ८३ सवारी दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको हो । सोही दुर्घटनामा परी दुई सय ४२ जना गम्भीर घाइते र सात हजार तीन सय ६३ जना सामान्य घाइते भएका...









