News Griha :: न्यूजगृह
प्रचण्ड, देउवा र ओलीबीचको बैठक सकियो, संसद् अवरोध हटाउन एमाले तयार

काठमाडौं— संसद्को अवरोध खुलाउने विषयमा तीन नेताबीच भएको छलफल सकिएको छ ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो । बैठकबाट बाहिरिँदै गर्दा भित्र के भयो भन्ने पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’ 

तर एमालेका एक नेताका अनुसार सकारात्मक छलफल भएको छ ।

प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ ।

शीर्ष नेताहरूबीच आइतबार बिहान पनि छलफल भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:२९
Weather Update