News Griha :: न्यूजगृह
रवि लामिछानेको आक्रोश : संसद् तीन दलको बन्धक होइन 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् तीन दलको बन्धक नभएको बताएका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठकमा सभापति लामिछानेले संसद्मा आफ्ना कुरा राख्न नपाएकोमा आपत्ति जनाए । 

उनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै स्पष्टीकरण माग गरे । 

मुद्दाको आधारमा अन्य दलसँग एक ठाउँमा उभिने, सरकारको समर्थन या विरोध गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:३७
Weather Update