News Griha :: न्यूजगृह
एघार महिनामा नेपाल भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स
फाइल तस्बिर ।

काठमाडौं— विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो । 

त्यस्तै, यो आवको जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४ लाख ५९ हजार ४ सय १५ जना पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या ४६.६ प्रतिशतले बढेको हो ।  

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ०.५ प्रतिशत रहेको सङ्ख्या बढेर अहिले २ लाख ६० हजार २६२ जना पुगेको छ । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:०९
Weather Update