News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह : नैतिकता भन्ने चिज जीवित छ भने राजीनामा दिनुस्

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा सांसद लिङ्देनले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने पटकपटक दोहोर्‍याए । ‘नैतिकता भन्ने चिज जीवित छ भने राजीनामा दिनुस्,’ उनले भने । 

उनले यसअघिको बैठकमा आफूहरूलाई बोल्न नदिएकोमा आपत्ति समेत जनाए । उनले संसद्मा अन्य दल पनि छन् भन्ने हेक्का राख्न तीन दललाई चेतावनी पनि दिए । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:४८
Weather Update