News Griha :: न्यूजगृह
प्रमुख प्रतिपक्षीले जे बोल्यो त्यही हाम्रो भाषा हो भन्ने आरोप गलत : रवि लामिछाने 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले संसद तीन दलको पेवा नभएको बताएका छन् । 

केही दिन अवरुद्ध भएपछि सोमबार अपराह्न सुरु भएको प्रतिनिधि सभाको बैठकमा सांसद लामिछानेले संसद्मा भएका अन्य दलको अस्तित्वप्रति हेक्का राख्न चेतावनी दिए । 

उनले भने, ‘रास्वपा आफ्ना र जनताका मुद्दामा उभिएको छ । त्यो कुरामा हेक्का होस् । प्रतिपक्षमा हुनुका पनि यसका आफ्ना मुद्दा छन् । यस कारण रास्वपा अरू कुनै दलको मुद्दामा हैन आफ्ना मुद्दा जनताका मुद्दामा उभिएको छ त्यसमा आफ्नै स्वतन्त्र अस्तित्व छ । यसबारेमा हेक्का होस् भन्ने कुरा सदनमा राख्न चाहन्छु ।’ 

सांसद लामिछानेले ‘प्रमुख प्रतिपक्षले जे बोल्यो त्यो नै हाम्रो भाष्य हो’ भन्ने कुरा प्रमाणित गर्ने किसिमको जालसाजी भएकोप्रति पनि आपत्ति जनाए । 

उनले भने, ‘प्रधानमन्त्रीले बोलेको कुरा आपत्तिजनक छ । त्यसमा प्रधानमन्त्रीले प्रष्ट पार्नु पर्छ । प्रधानमन्त्रीले सार्वभौम देशको अस्तित्वलाई नै प्रश्न खडा गर्ने काम गर्नु भयो यो आपत्तिजनक छ ।’

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १७:१०
Weather Update