सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं— सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर सोमबार दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । रासस
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १४:१४