इमर्जिङ कप : नेपाल समूह ‘बी’मा, पहिलो खेल जुलाइ १४ मा पाकिस्तान ‘ए’सँग सोमबार, असार २५, २०८०

राष्ट्रिय सभा बैठक सर्यो सोमबार, असार २५, २०८० विनियोजन विधेयक—२०८० माथि छलफल गर्न आज बिहान ११ बजे बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
पोखरामा ६० प्रतिशत रोपाइँ सोमबार, असार २५, २०८० पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

पानी नपर्दा महोत्तरीमा भएन रोपाइँ सोमबार, असार २५, २०८० असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा.रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरुपमा पानी नै नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो ।

मृग ठानेर बन्दुक पड्काउँदा साथीलाई लागेपछि... सोमबार, असार २५, २०८० भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै सोमबार, असार २५, २०८० अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

तालिमले बनायो मायालाई उद्योगी, अचार बिक्रीबाट गर्छिन् वार्षिक पाँच लाख आम्दानी सोमबार, असार २५, २०८० स्याङ्जाको गल्याङ नगरपालिका–३,आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले ६० हजारबाट सुरु गरेको अचार उद्योगकको लगानी हाल पाँच लाख पुगेको बताइन् । अचारबाट वार्षिक साढे दुईदेखि पाँच लाख आम्दानी गर्ने गरेको बताइन् । उनले बजारीकरणको राम्रो व्यवस्था भए अझै दुई/चार जनालाई रोजगार दिन सक्ने दाबी गरिन् । उनको उद्योगको अचार...

राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुने सोमबार, असार २५, २०८० राष्ट्रिय सभाको बैठक आज पनि ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतपक्षी नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै आइतबारको बैठक अवरुद्ध गरेकाे थियाे ।

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य सोमबार, असार २५, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

गोरखाका यी पाँच स्थानीय तहको बजेट पारित सोमबार, असार २५, २०८० गोरखा जिल्लाभित्रका पाँच स्थानीय तहको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट, अजिरकोट, भीमसेन थापा, सिरानचोक र शहीद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो ।

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर सोमबार, असार २५, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने सम्भावना सोमबार, असार २५, २०८० प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक,२०८० पारित गर्ने कार्यसूची छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ गते सोमबार दिएको एक सार्वजनिक अभिव्यक्तिबारे प्रस्टीकरण दिने सम्भावना छ ।

रसुवामा डेङ्गुका बिरामी बढ्दै सोमबार, असार २५, २०८० उत्तरी रसुवाको भू–भागमा डेङ्गुका बिरामी फेला परेका छन् । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइराखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अमितकुमार साहले एक जना डेङ्गुका बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए ।









