राष्ट्रिय सभा बैठक सर्यो

काठमाडौं— विनियोजन विधेयक—२०८० माथि छलफल गर्न आज बिहान ११ बजे बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठक भोलि मंगलबारका लागि सारिएको हो ।
राष्ट्रि सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माका अनुसार सोमबार ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस मंगलबार ११.१ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको छ ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० ०९:५८