News Griha :: न्यूजगृह
तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य 

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार सोमबार गोलभेँडाको मूल्य स्थिर नै रहेको छ ।

आइतबार ९० रुपैयाँमा बिक्री भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य पनि ९० रुपैयाँ नै तोकिएको छ । रातो आलु ४६ रुपैयाँमा र सेतो आलु ३४ रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भइरहेको छ ।

स्थानीय काउलीको मूल्य पनि वृद्धि भएको छैन । काउली आज ७० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल बन्दाको मूल्य पनि स्थिर छ । बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ ।

लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ९०, घिउ सिमी लोकल १००, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ८०, मकै बोडी ९०, भटमासकोशा ९०, तितो करेला ९०, लौका ८०, परवल ५०, फर्सी पाकेको ४० प्रतिकेजीमा खरीद बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

पालूंगो साग प्रतिकेजी ८० रुपैयाँ, रायोको साग पनि प्रतिकेजी ११० रुपैयाँ तथा तोरीको साग प्रतिकेजी ५० रुपैयाँ मूल्य रहेको छ । केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँप मालदह १००, तरबुजा हरियो ८०, किवि ८००, लिची १४० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०८:२३
Weather Update