News Griha :: न्यूजगृह
गोकुल बास्कोटाको प्रश्न : प्रधानमन्त्रीले तिरङ्गा उठाउने हो कि चन्द्र–सूर्य झण्डा ?

काठमाडौं— नेकपा एमाले सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीले तिरङ्गा झण्डा उठाउने हो कि चन्द्र–सूर्य झण्डा उठाउने भनी प्रश्न गरेका छन् । 

भारतको राष्ट्रिय झण्डालाई तिरङ्गा भनिन्छ । 

सोमबार प्रतिनिधि सभा बैठकको सुरुमै एमाले सांसद बास्कोटाले प्रधानमन्त्रीलाई राजीनामा दिन समेत चुनौती दिए । 

एमाले, कांग्रेस र माओवादी नरहे कही फरक नपर्ने तर देशको स्वाधीनता, सार्वभौमिकतामा असर पुग्न नहुने उनको भनाइ छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह कहिले दिल्ली पुगेको त कहिले नेपाली राजनीतिक दललाई भेटेको अभिव्यक्ति दिएका थिए । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:२९
Weather Update