News Griha :: न्यूजगृह
राज्यको ढुकुटीमा ८ सय अर्ब हुँदा हुँदै पनि पैसा नै छैन भन्ने प्रवृत्ति बढ्यो  रमेश लेखक 
राज्यको ढुकुटीमा ८ सय अर्ब हुँदा हुँदै पनि पैसा नै छैन भन्ने प्रवृत्ति बढ्यो  रमेश लेखक  केन्द्रीय सदस्य लेखकले आर्थिक क्षेत्रको विषयमा ठोस निर्णय लिएर अगाडि बढ्नु पर्ने बताए । पार्टी देश र जनताको लागि निर्माण गर्नु पर्ने पनि उनको भनाइ थियो । राजनीतिक आर्थिक तथा समसामयिक विषयहरू प्रतिवेदनकै रुपमा नआए पनि ठोस निर्णयको रुपमा आउनु पर्ने उनको भनाइ थियो ।  
सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न समिति गठन
सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न समिति गठन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ । मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुन बारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो । विभागका महानिर्देशक नवराज ढुङ्गानाले राजस्व र प्रशासनका निर्देशकसहितको चार सदस्यीय...
केन्द्रीय समिति बैठकमा आरजु राणाले भनिन— महामन्त्रीको प्रतिवेदनमा दूरदर्शिता छैन
केन्द्रीय समिति बैठकमा आरजु राणाले भनिन— महामन्त्रीको प्रतिवेदनमा दूरदर्शिता छैन निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउ नै पर्छ भनेको स्मरण गराउँदै राणाले योजना के हो चुनाव आएपछि टर्च बालेर महिला खोज्ने होकी अहिले बाटै लाग्ने हो भन्ने प्रश्न गरिन । महिलाहरू जहिले समानुपातिकमा राख्ने काम नगर्न आग्रह गर्दै उनले विचार र समर्पणको आधारमा मौका दिनु पर्ने बताइन् । 
गृहमन्त्रीलाई पत्रकारको प्रश्न सुन प्रकरणको नाइके तपाई हो ? : गृहमन्त्रीको जवाफ तपाईँलाई त्यस्तो लाग्छ ?
गृहमन्त्रीलाई पत्रकारको प्रश्न सुन प्रकरणको नाइके तपाई हो ? : गृहमन्त्रीको जवाफ तपाईँलाई त्यस्तो लाग्छ ? सुन प्रकरणपछि शुक्रबार बिहान त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अनुगमनपछि पत्रकारसँग उनले सङ्गठित ढंगले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यो सपना नदेख्न चेतावनी दिए ।
जितजङ्गले भने— सुन तस्करीमा गृहमन्त्री र माओवादी नेताको नाम आउँदा कांग्रेस नेता किन चुप?  
जितजङ्गले भने— सुन तस्करीमा गृहमन्त्री र माओवादी नेताको नाम आउँदा कांग्रेस नेता किन चुप?   केन्द्रीय सदस्य बस्नेतले कांग्रेसभित्र कांग्रेसलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै अन्य दलका नेताहरूका गल्ती औंल्याउने क्षमता नदेखिएको बताए । उनले अब नेपाली कांग्रेसले आर्थिक क्रान्ति गर्नु पर्ने र जनताको हक अधिकारको लागि लड्नु पर्ने बताएका छन् । नेता ,सांसद र मन्त्री जो कोही पनि बन्छन् तर राजनेता हुन सक्नु पर्ने बस्नेतको...
कांग्रेस केन्द्रीय सदस्य ढुङ्गानाको प्रश्न— एकले अर्कालाई खुइल्याएर अघि बढ्दा पार्टी कहाँ पुग्छ ? 
कांग्रेस केन्द्रीय सदस्य ढुङ्गानाको प्रश्न— एकले अर्कालाई खुइल्याएर अघि बढ्दा पार्टी कहाँ पुग्छ ?  नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य ढुङ्गानाले पार्टी भित्र रूपान्तरण जरुरी रहेको बताए । उनले अब परम्परागत ढंगले कांग्रेस नचल्ने प्रष्ट पार्दै धेरै कुरा सुधार्न जरुरी रहेको बताए । तर सभापतिलाई गाली गर्दैमा पार्टी रूपान्तरित हुन्छ भन्ने भ्रम नराख्न पनि ढुङ्गानाको आग्रह थियो । 
व्यवसायीको माग सम्बोधन गर्ने कुरामा राज्य मौन बसेको अध्यक्ष सिंहको आरोप
व्यवसायीको माग सम्बोधन गर्ने कुरामा राज्य मौन बसेको अध्यक्ष सिंहको आरोप शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघ राष्ट्रिय भेला – २०८० मा अध्यक्ष सिंहले निर्माण व्यवसायीहरू प्रति सरकारले गम्भीरता देखाउन  नसकेको गुनासो गरे ।
पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्ष एक हजार ८९ मात्र दर्ता
पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्ष एक हजार ८९ मात्र दर्ता घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो । आव २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको सङ्ख्या भने बढेको छ ।
सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार? 
सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार?  बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य दोस्रो दिन घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रहरी हिरासतमै थुनुवाले गरिन आत्महत्या
प्रहरी हिरासतमै थुनुवाले गरिन आत्महत्या जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपेन्द्र थारु पञ्जियारका अनुसार बिहीबार राति १० बजे शौच गर्न उनी शौचालय गएकी थिइन् । शौचालयको ढोकामा कपडाले पासो लगाएको अवस्थामा उनको उद्धार गरिएको थियो । 
एसिया कपअघि नेपाली क्रिकेट टोलीले श्रीलङ्कामा विशेष तयारी गर्ने
एसिया कपअघि नेपाली क्रिकेट टोलीले श्रीलङ्कामा विशेष तयारी गर्ने नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ति जारी गर्दै एसिया कपका लागि श्रीलङ्कामा  १५ दिनको स्पेसल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने जनाएको छ । ‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलङ्कामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौँ’,...
ललिता निवास प्रकरण : आरोपितको निवेदनमा आज सर्वोच्चले फैसला सुनाउने
ललिता निवास प्रकरण : आरोपितको निवेदनमा आज सर्वोच्चले फैसला सुनाउने बहालवाला सचिव कृष्णबहादुर राउत, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो ।
Weather Update