News Griha :: न्यूजगृह
राज्यको ढुकुटीमा ८ सय अर्ब हुँदा हुँदै पनि पैसा नै छैन भन्ने प्रवृत्ति बढ्यो  रमेश लेखक 

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राज्यको ढुकुटीमा ८ सय अर्ब पैसा हुँदा हुँदै पनि राज्यसँग पैसा नै छैन भन्ने प्रवृत्ति बढेको बताएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य लेखकले राज्यको ढुकुटीमा भएको रकमको ठोस सदुपयोग नभएको बताए । 
उनले भने, ‘आर्थिक क्षेत्रमा ठोस दृष्टिकोण पुर्‍याएर छलफल गर्न आवश्यक छ । बजेटमा विकासका पूर्वाधारहरू अगाडि बढ्न नसकेको विकासको काम हुन  नसकेको स्थिति छ । बजेटमा राज्यसँग पैसा छैन भन्ने छ तर ८०० अर्ब बैंकमा जम्मा भएको अवस्था छ  । ८०० अर्ब बैंकमा त्यतिकै बसिरहेको छ अनि हामी भन्छौँ राज्यसँग पैसा छैन्, त्यसको उपयोग गर्छौ कसरी?। ’ 

केन्द्रीय सदस्य लेखकले आर्थिक क्षेत्रको विषयमा ठोस निर्णय लिएर अगाडि बढ्नु पर्ने बताए । पार्टी देश र जनताको लागि निर्माण गर्नु पर्ने पनि उनको भनाइ थियो । राजनीतिक आर्थिक तथा समसामयिक विषयहरू प्रतिवेदनकै रुपमा नआए पनि ठोस निर्णयको रुपमा आउनु पर्ने उनको भनाइ थियो ।  

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:४३
Weather Update