News Griha :: न्यूजगृह
जितजङ्गले भने— सुन तस्करीमा गृहमन्त्री र माओवादी नेताको नाम आउँदा कांग्रेस नेता किन चुप?  

काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै कांग्रेसका केही नेता भने आफ्नै पार्टीलाई खुइल्याउन हिँडेको आरोप लगाएका छन् ।

केन्द्रीय कार्य समिति जारी बैठकमा केन्द्रीय सदस्य बस्नेतले अरुको नाम आउँदा चुप लागेर बस्ने तर आफ्नो पार्टीका नेताको नाम आउँदा चै राजीनामा माग्ने धारणा गलत भएको बताए । उनले भने, ‘सुनकाण्डमा नारायणकाजीको नाम आयो, महराको नाम आयो । केपी ओलीको पनि नाम आएको छ । यो विषयमा नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ? हाम्रो साथीहरूको नाम आए चर्को चर्को कुरा गर्नुहुन्छ । जाउ न त नारायण काजीको नाम आइसकेको छ । अब उहाँको विषयमा  राजीनामा माग्न जाऔँ । को को मान्छे सुन तस्करीमा परेका छन् ।  यो सुनको विषयमा छानविन हुने कि नहुने ? साथीहरू गृहमन्त्रीकोमा जाने की नजाने ?’  

केन्द्रीय सदस्य बस्नेतले कांग्रेसभित्र कांग्रेसलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै अन्य दलका नेताहरूका गल्ती औंल्याउने क्षमता नदेखिएको बताए । उनले अब नेपाली कांग्रेसले आर्थिक क्रान्ति गर्नु पर्ने र जनताको हक अधिकारको लागि लड्नु पर्ने बताएका छन् । नेता ,सांसद र मन्त्री जो कोही पनि बन्छन् तर राजनेता हुन सक्नु पर्ने बस्नेतको भनाइ थियो ।  

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १२:३८
Weather Update