News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय सदस्य ढुङ्गानाको प्रश्न— एकले अर्कालाई खुइल्याएर अघि बढ्दा पार्टी कहाँ पुग्छ ? 

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुङ्गानाले पार्टी रूपान्तरणको विषयमा कांग्रेस भित्र भ्रम रहेको बताएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य ढुङ्गानाले पार्टी भित्र रूपान्तरण जरुरी रहेको बताए । उनले अब परम्परागत ढंगले कांग्रेस नचल्ने प्रष्ट पार्दै धेरै कुरा सुधार्न जरुरी रहेको बताए । तर सभापतिलाई गाली गर्दैमा पार्टी रूपान्तरित हुन्छ भन्ने भ्रम नराख्न पनि ढुङ्गानाको आग्रह थियो । 

उनले भने, ‘अहिले हामी खुइल्याउने प्रतिस्पर्धामा छौं ।  सभापतिलाई खुइल्याउन पाए सबै भन्दा ठूलो कांग्रेस हुन पाइन्छ भनेर लागेका छन्, कोही पदाधिकारीलाई खुइल्याउन र कोही महामन्त्रीलाई खुइल्याउन लागिपरेका छौं । ए महामन्त्रीहरू तिमीहरू अर्काको आलोचना गरेर मात्र स्थापित हुने भनेर खुइल्याउन लग्या छौं । यो खुइल्याउने प्रतिष्पर्धा चल्दै गर्दा भोलि पार्टी कहाँ पुग्छ । ’ 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १२:३०
Weather Update