सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न समिति गठन
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ ।
मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुन बारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले राजस्व र प्रशासनका निर्देशकसहितको चार सदस्यीय समिति गठन गरिएको हो । यही समितिले अब सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १३:१३