News Griha :: न्यूजगृह
सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार? 

काठमाडौं— शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य दोस्रो दिन घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १४ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ११:२८
Weather Update