News Griha :: न्यूजगृह
प्रहरी हिरासतमै थुनुवाले गरिन आत्महत्या

सर्लाही— जिल्ला प्रहरी कार्यालयको हिरासतमै एक थुनुवा महिलाले झुन्डिए आत्महत्या गरेकी छन् ।

चक्रघटा गाउँपालिका— ८ की अन्दाजी ४० वर्षीया हजरत खातुनले हिरासत कक्षको शौचालयमा झुन्डिए आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपेन्द्र थारु पञ्जियारका अनुसार बिहीबार राति १० बजे शौच गर्न उनी शौचालय गएकी थिइन् । शौचालयको ढोकामा कपडाले पासो लगाएको अवस्थामा उनको उद्धार गरिएको थियो । 

प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी पन्जियारले बताए । उनका अनुसार साउन १ गते नेपाल भारत सीमा क्षेत्र मलङ्गवा नगरपालिका— ८  बाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख ४ हजार रुपैयाँ, १८७.७७ ग्राम चाँदी र ७.०७ ग्राम सुन सहित खातुन र अर्को एक जनालाई पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको थियो ।

भन्सारले ३ लाख ३९ हजार धरौटी बुझाए छाड्ने भनेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई प्रहरीको जिम्मा लगाएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ११:२०
Weather Update