
आत्महत्या दुरुत्साहन मुद्दा व्यवसायी रुङ्गटा थुनामा, बेहोसपछि अस्पताल भर्ना बिहीबार, साउन १८, २०८० व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीप कुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु बिहीबार, साउन १८, २०८० गत मंगलबार बैठक बसे पनि कुनै निष्कर्षमा निकाल्न सकेको थिएन । नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया ढिला भएसँगै आज पुनः बैठक बसेको हो ।

रुसले भारतमा विद्युतीय रेल बनाउने कम्पनी खोल्ने बिहीबार, साउन १८, २०८० यात्रीलाई सुत्ने सुविधाका साथ निर्माण गरिने एउटा रेलको मूल्य एक अर्ब ४० करोड पर्नेछ । ‘बन्दे भारत’ नामका ती रेलका अधिकांश डिब्बामा वातानुकूलन प्रणाली पनि जडान हुनेछ ।

झापामा बढ्यो डेंगु संक्रमित, २३८ जनामा संक्रमण पुष्टि बिहीबार, साउन १८, २०८० डेंगु संक्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताए ।

दुई अर्ब ६२ करोड ऋण प्राप्त गर्न सरकारले बनायो वार्ता टोली बिहीबार, साउन १८, २०८० सरकारले दुई अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

प्रस्तावित सबै ६ जना राजदूतको नाम अनुमोदन बिहीबार, साउन १८, २०८० संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ । बुधबार र बिहीबार बसेको समितिको बैठकको निर्णय सुनाउँदै समितिको सभापतित्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय सुनुवाइ समितिको बैठकको निर्णय सार्वजनिक गर्दै सबै ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन भएको जानकारी दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा एक वर्षभित्र सवा एक लाख सवारी साधन कारबाहीमा बिहीबार, साउन १८, २०८० उक्त सवारी साधान कारबाहीबाट छ करोड ४३ लाख, ७० हजार राजस्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
कर्मचारीको अभाव हुँदा सेवाग्राहीको चाप बढ्यो बिहीबार, साउन १८, २०८० सवारीतर्फका कार्यालय प्रमुख डिल्ली रिजालले कर्मचारी अभावका कारण कार्य सम्पादन प्रभावकारी हुन नसकेको बताए । उनका अनुसार यहाँ दैनिक सातदेखि आठ सय सेवाग्राही दैनिक आउने गरेका छन् ।

एक क्विन्टल सुन प्रकरणमा छानविन समिति बनाउँदा अनुसन्धान प्रभावित हुन्छ : प्रवक्ता शर्मा बिहीबार, साउन १८, २०८० मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शमाले सरकारले अनुसन्धान गरिरहेको भन्दै त्यसका लागि समिति गठन गर्नु आवश्यक नभएको जिकीर गरिन् ।

भन्सार जाँचमा जोड दिन अर्थमन्त्री महतको निर्देशन बिहीबार, साउन १८, २०८० मुलुकका लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठूलो भूमिका भन्सार र राजस्वकै भएको जिकीर गरे ।

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु बिहीबार, साउन १८, २०८० करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

जनमत पार्टीले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने बिहीबार, साउन १८, २०८० बिहीबार पत्रकारसँग उनले आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने बताएका हुन् । उनले संगठन सुदृढीकरण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल हुने बताए ।









