प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं— सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।
गत मंगलबार बैठक बसे पनि कुनै निष्कर्षमा निकाल्न सकेको थिएन । नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया ढिला भएसँगै आज पुनः बैठक बसेको हो ।
आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अवकाशमा जाने छन् ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० १७:४०













