News Griha :: न्यूजगृह
शिक्षा ऐनमार्फत विद्यालय कर्मचारीका माग सम्बोधनका लागि पहल गरिदिन सांसद नेम्वाङको ध्यानाकर्षण

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको एक टोलीले नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेको छ ।

बिहीबार प्रस्तावित संघीय शिक्षा ऐनका विषयमा नेता नेम्वाङसँग भेटवार्ता गरेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।

विद्यालय कर्मचारीले पेसागत हकहितका लागि लामो समयदेखि संघर्ष गर्दै आएको अवगत गराउँदै परिषद्ले संघीय शिक्षा ऐनमा कर्मचारीका पेसागत हकअधिकार सुनिश्चित गरिदिन ध्यानाकर्षण गराएको छ ।

परिषद्का पदाधिकारी सहितलाई नेता नेम्वाङले शिक्षा विधेयक संसदमा दर्ता भएपछि आफूहरूले शिक्षक कर्मचारीको हकहितका लागि जोडदार आवाज उठाउने र व्यक्तिगत रूपमा पनि पहल गर्ने आश्वासन दिए ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:०४
Weather Update