News Griha :: न्यूजगृह
एक क्विन्टल सुन प्रकरणमा छानविन समिति बनाउँदा अनुसन्धान प्रभावित हुन्छ : प्रवक्ता शर्मा

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक क्विन्टल सुन प्रकरण छानविनका लागि समिति बनाउँदा सरकारको अनुसन्धान प्रकृयामा प्रभाव पर्ने बताएकी छिन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शमाले सरकारले अनुसन्धान गरिरहेको भन्दै त्यसका लागि समिति गठन गर्नु आवश्यक नभएको जिकीर गरिन् ।

‘सरकारले नचाहेको भए सम्भवत यो सुन समातिने थिएन्, यो सुन प्रकरण पनि हुने थिएन्,’ उनले भनिन्, ‘त्यसैले सरकारले नै छानविन गरिरेहको अवस्थामा थप छानविन समिति बनाउने कुराले सरकारको अनुसन्धान प्रकृयामा प्रभाव पर्छ ।’ 

उनले सुन प्रकरणको विषयमा अनुसन्धान विभागले गम्भीर अनुसन्धान गरिरहेको बताइन् । ‘सुन प्रकरणको विषय प्रधानमन्त्री कार्यलयअन्तर्गतको राजस्व अनुसन्धान विभागले एयरपोर्टबाट ठूलो मात्रमा सुन बरामद गरेको छ, त्यसको बारेमा अनुसन्धान प्रकृया अगाडि बढिरहेको छ,’ उनले भनिन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १६:०४
Weather Update