News Griha :: न्यूजगृह
जनमत पार्टीले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने 

काठमाडौं— जनमत पार्टीका अध्यक्ष सिके राउतले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकले सरकारमा सहभागि हुने वा नहुनेबारे ठोस निर्णय गर्ने बताएका छन् । 

बिहीबार पत्रकारसँग उनले आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने बताएका हुन् । उनले संगठन सुदृढीकरण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल हुने बताए ।

‘मुख्य एजेण्डा भनेको संगठन सुदृढीकरण अभियान चल्दै छ, त्यसलाई अझै कसरी प्रभावकारी बनाउने विषयमा नै केन्द्रीत रहेको छ,’ उनले भने, ‘विभिन्न समितिहरूमा मनोनित गर्नु पर्ने नामहरू टुङ्ग्याउन र विभिन्न विभागहरू गठन गर्नका लागि यो बैठक राखिएको हो, सरकारमा सहभागिताको विषयमा पनि ठोस छलफल हुनेछ ।’

जनमत पार्टीको बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:२०
Weather Update