News Griha :: न्यूजगृह
पर्यटकका लागि उड्डयन सुरक्षा अभियानअन्तर्गत लुक्ला प्राथमिकतामा राखियो
पर्यटकका लागि उड्डयन सुरक्षा अभियानअन्तर्गत लुक्ला प्राथमिकतामा राखियो हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले पर्यटकहरूका लागि लुक्लालाई प्राथमिकतामा राखेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित १० औं उड्डयन सुरक्षा अभियान कार्यक्रममा उपमहानिर्देशक ठाकुरले उड्डयन सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका हुन् ।
सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढ्यो : प्रस्तावित प्रधानन्यायाधीश
सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढ्यो : प्रस्तावित प्रधानन्यायाधीश प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको बताएका छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाइको प्रकृयामा श्रेष्ठले न्यायपालिकामा कार्यबोझ र न्याय सम्पादनको स्तरको उल्लेख गर्दै पछिल्लो वर्ष कार्यबोझ पनि तीन गुणाले बढेर गएको बताए ।
दुर्गममा कर्मचारी नबस्ने प्रवृत्ति घातक : प्रधानमन्त्री दाहाल
दुर्गममा कर्मचारी नबस्ने प्रवृत्ति घातक : प्रधानमन्त्री दाहाल कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय सरकारले त्यस विषयमा ध्यान दिन नसकेको भन्दै अब समस्या समाधानका लागि ठोस पहल गर्ने बताए । 
प्रदीप गिरि बीपीपछिकै ठूलो समाजवादी चिन्तक : सभापति देउवा
प्रदीप गिरि बीपीपछिकै ठूलो समाजवादी चिन्तक : सभापति देउवा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गिरिको स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिको प्रशंसा गरेका हुन् । उनले समाजवादी चिन्तकका रुपमा बीपीपछि कसैको नाम लिने हो भने प्रदीपकै नाम आउने दाबी गरे ।
कोशीका मुख्यमन्त्री थापाको पद संकटमा, विश्वासको मत लिन कठिन
कोशीका मुख्यमन्त्री थापाको पद संकटमा, विश्वासको मत लिन कठिन मुख्यमन्त्री उद्धव थापाले सोमबार दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । तर, उपसभामुख दनुवारले बिहान ८ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएर काठमाडौं आएकी छन् ।
प्रस्तावित प्रधानन्यायाधीशमाथि यस्तो आरोप, संसदीय समितिमा छलफल जारी
प्रस्तावित प्रधानन्यायाधीशमाथि यस्तो आरोप, संसदीय समितिमा छलफल जारी सोमबार श्रेष्ठविरुद्ध उजुरी गर्ने उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई समितिमा झिकाएर सुनुवाइ भएको हो । अनुवादक तथा अधिवक्तासमेत रहेका एसके तिमिल्सिनालाई समितिमै झिकाएर श्रेष्ठमाथि गरेको उजुरी उपर सुनुवाइ र छलफल गरिएको छ ।
मासु उत्पादनमा अनुदान, घाँस खेती गरे प्रोत्साहन
मासु उत्पादनमा अनुदान, घाँस खेती गरे प्रोत्साहन बाख्रा पालनको सम्भावना बढी भएको ठाउँका कृषकलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिने छ । उनका अनुसार बाख्रा पालनको सम्भावना बढी भएका ठाउँमा सहकारीमार्फत खसीबोका बिक्री गर्ने व्यवस्था मिलाइने छ । 
काठमाडौं महानगरले खोल्यो श्रम बैंक, बेरोजगारलाई रोजगारीमा जोड्ने लक्ष्य
काठमाडौं महानगरले खोल्यो श्रम बैंक, बेरोजगारलाई रोजगारीमा जोड्ने लक्ष्य योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ । यसबाट श्रम संस्कृतिको विकास हुने तथा रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्धत गर्ने महानगरले जनाएको छ । 
कर्णालीमा माओवादीले टुङ्ग्यायो कार्य विभाजन, कसले के जिम्मेवारी पाए ?  
कर्णालीमा माओवादीले टुङ्ग्यायो कार्य विभाजन, कसले के जिम्मेवारी पाए ?   माओवादी केन्द्रको साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तर जिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो । कर्णालीमा माओवादीले प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिका हेर्ने गरी जिम्मेवारी तोकेको छ । 
ललिता निवास प्रकरणमा माधव नेपालसँग सीआईबीले लियो बयान
ललिता निवास प्रकरणमा माधव नेपालसँग सीआईबीले लियो बयान ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालसँग सीआईबीले बयान लिएको हो । सीआईबीका अनुसार अध्यक्ष नेपाल नेपालसँग आइतबार राति बयान लिएको हो ।
ललिता निवास प्रकरण : बाबुराम भट्टराईले दिए सीआईबीलाई जवाफ
ललिता निवास प्रकरण : बाबुराम भट्टराईले दिए सीआईबीलाई जवाफ ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्य तथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु,’ उनले भने ।
मन्सुरीलाई बैठक चलाउने जिम्मेवारी दिएर काठमाडौं आइन कोशीकी उपसभामुख 
मन्सुरीलाई बैठक चलाउने जिम्मेवारी दिएर काठमाडौं आइन कोशीकी उपसभामुख  सोमबार बिहान ८ बजे बस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी उपसभामुख दनुवारले उपसभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले बैठक चलाउने प्रावधानअनुसार मन्सुरीलाई पत्राचार गरेर  बैठकको चलाउने जिम्मेवारी तोकेकी हुन् । पत्रमा उनले आफ्नो स्वास्थ्यमा अचानक समस्या आएकाले काठमाडौं जानु परेकाले बैठकमा उपस्थित हुन नसक्ने बताएकी छन्। कोशीमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक...
Weather Update