
प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक सर्यो सोमबार, भदौ ४, २०८० अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजेको लागि सारिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड सुर्खेत पुगेकाले मौसम खराबीका कारण फर्किन ढिलाइ हुँदा बैठकको समय परिवर्तन गरिएको सचिवालयले जनाएको छ । गत साउन १० गतेदेखि संसद् चल्न सकेको छैन ।

‘ब्रेक शु’सहित १५५ किलो सुनको शुद्धता परीक्षण सोमबार, भदौ ४, २०८० राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले सुन तस्करीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

कोशीमा प्रदेश सभा बैठक जारी, माओवादीले माग्यो मुख्यमन्त्रीका लागि विश्वासको मत सोमबार, भदौ ४, २०८० बैठकमा बोल्दै नेकपा माओवादी कोशी प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि विश्वासको मत मागेका छन् ।

सीआईबीले बोलाएपछि पूर्वमन्त्री जोशीले भने : म फरार छैन सोमबार, भदौ ४, २०८० ललिता निवास प्रकरणमा मुछिएका जोशीलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिन बोलाएको थियो । तर, उनलाई सीआईबीले बयान नलिई पुनः बोलउने भन्दै फर्काइएको उनको भनाइ थियो ।

प्रदीप गिरि मार्क्सवादका समस्याको समाधानमा भौतारिरहन्थे : घनश्याम भुसाल सोमबार, भदौ ४, २०८० सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता भुसालले गिरि सबैभन्दा बौद्धिक क्षमता भएको नेतामा पर्ने बताए । उनको निधनसँगै देशले सिद्धान्त र इतिहासमा कमाण्ड गर्ने बौद्धिक क्षमतालाई गुमाएको दाबी गरे ।

रेशम चौधरीविरुद्ध सर्वोच्चको फैसलामा प्रस्तावित प्रधानन्यायाधीशले भने : संविधान पनि कानुन हो सोमबार, भदौ ४, २०८० नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले प्रस्तावित प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले टीकापुर घटनामा चौधरीलाई दोषी देखाएको छ अब के हुन्छ ? भनेर प्रश्न गरेका थिए ।

मन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्तबीच निर्वाचनबारे छलफल सोमबार, भदौ ४, २०८० कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ । यसैगरी, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोखला गौरिशंक गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडाध्यक्षको पद रिक्त छ ।

नेपालसँग खेल्ने भारतीय क्रिकेट टोलीको घोषणा, कप्तानमा रोहित शर्मा सोमबार, भदौ ४, २०८० भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् । एसिया कपमा नेपाल, भारत र पाकिस्तानसहित समूह ‘ए’मा छ । यस्तै समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान समेटिएका छन् ।

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने, एमालेका यी सांसद अनुपस्थित हुने सोमबार, भदौ ४, २०८० विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेश सभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्ने भएका छन् । उनी नेपाली कांग्रेसका सांसद हुन् ।

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन सोमबार, भदौ ४, २०८० ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो । श्रेष्ठले समितिसमक्ष १८ पृष्ठ लामो कार्य योजना प्रस्तुत गरेका थिए । यसअघि उनीविरूद्ध परेको उजुरीका विषयमा सुनुवाइ भएको थियो । उनीविरूद्ध तीन वटा उजुरी परेको थियो ।

साफ यु–१६ च्याम्पियनसिपका लागि टोली घोषणा, कोको परे टोलीमा सोमबार, भदौ ४, २०८० नेपाली टोलीमा तीन गोलरक्षक, आठ डिफेण्डर, आठ मिडफिल्डर र चार जना स्ट्राइकर रहेका छन् । च्याम्पियनसिप आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म भुटानमा आयोजना हुँदै छ ।
गगन थापाले भने : पहिचानको आधारमा प्रदेशको नामाकरण भए द्वन्द्व हटाउन सक्छौँ सोमबार, भदौ ४, २०८० उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्म रोक्न सकिने स्व. गिरिको विचार कांग्रेस जस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नु पर्ने बताए । उनले स्व. गिरिको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने २० वर्षसम्म कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए ।









