News Griha :: न्यूजगृह
नेपालसँग खेल्ने भारतीय क्रिकेट टोलीको घोषणा, कप्तानमा रोहित शर्मा

काठमाडौं— भारतले श्रीलंका र पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने आफ्नो टोलीको घोषणा गरेको छ ।

आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिया कपका लागि भारत प्रमुख दाबेदार हो । खेल पाकिस्तान र श्रीलंकामा हुने भए पनि भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्ने छ ।

भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् । एसिया कपमा नेपाल, भारत र पाकिस्तानसहित समूह ‘ए’मा छ । यस्तै समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान समेटिएका छन् । 

भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग भदौ १६ गते र नेपालसँग भदौं १८ गते खेल्ने छ । भारतीय टोलीको कप्तानमा रोहित शर्मा र उपकप्तानमा हार्दिक पाण्डे रहेका छन ।

अन्य खेलाडीहरूमा शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण छन् । सञ्जु स्यामसन वैकल्पिक खेलाडीका रुपमा समेटिएका छन् ।


 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:५३
Weather Update