साफ यु–१६ च्याम्पियनसिपका लागि टोली घोषणा, कोको परे टोलीमा

काठमाडौं— आसन्न साफ यु–१६ फुटबल च्याम्पियनसिप प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय टोलीको घोषणा गरिएको हो ।
नेपाली टोलीमा तीन गोलरक्षक, आठ डिफेण्डर, आठ मिडफिल्डर र चार जना स्ट्राइकर रहेका छन् । च्याम्पियनसिप आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म भुटानमा आयोजना हुँदै छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १४:१३