News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिइरहँदा जे देखियो
कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिइरहँदा जे देखियो कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले साेमबार प्रदेश सभाबाट पाएको विश्वासको मत विवादमा तानिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका २ एसएसपीको सरुवा
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका २ एसएसपीको सरुवा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीको जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा भएको छ । त्यस्तै सुरक्षा परिषद् सचिवालयमा रहेका सोमेन्द्रसिंह राठोरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।
कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत
कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत उनको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन रहेको थियो । उनको विपक्षीमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गरेको हो ।
शपथ ग्रहणमा एमाले नेतालाई कुर्ची नराखेको बारे मुख्यमन्त्री थापाले दिए स्पष्टीकरण
शपथ ग्रहणमा एमाले नेतालाई कुर्ची नराखेको बारे मुख्यमन्त्री थापाले दिए स्पष्टीकरण मुख्यमन्त्री थापाले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको नेतालाई सपथ ग्रहण कार्यक्रममा कुर्ची राख्ने प्रस्ताव राखेको बताए । उनले दोस्रो पटक सपथ ग्रहण लिँदा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका लागि कुर्ची नराखेको भन्दै एमालेले विरोध गरेको थियो ।
बालसुधार गृहमा झडप, ६ बन्दी र १२ सुरक्षाकर्मी घाइते [अपडेट]
बालसुधार गृहमा झडप, ६ बन्दी र १२ सुरक्षाकर्मी घाइते [अपडेट] भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा बन्दी बालबालिकाहरूको प्रदर्शनको क्रममा झडप हुँदा ६ जना बन्दी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । सुधार गृहको गेट तोडफोड गरी सोमबार दिउँसो ठूलो सङ्ख्यामा बन्दीहरू भाला, खुकुरी लगायतका हतियार बोकेर प्रदर्शन गरेका थिए । सोही क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा ६ जना बन्दी र प्रहरी...
नाबालक कैदीबन्दी फरार घटना : दुई एसएसपीसहितको प्रहरी टोली घटनास्थलमा
नाबालक कैदीबन्दी फरार घटना : दुई एसएसपीसहितको प्रहरी टोली घटनास्थलमा बालसुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा नाबालक बन्दी भागेका हुन् । घटनास्थलमा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरू दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको डीआईजी लालमणि आचार्यले बताए ।
सभामुखले आफ्नो इच्छामा राजीनामा गर्नु भएको होइन : मुख्यमन्त्री थापा 
सभामुखले आफ्नो इच्छामा राजीनामा गर्नु भएको होइन : मुख्यमन्त्री थापा  सोमबार दिउँसो विश्वासको मत लिन बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले राजनीतिक बाध्यताका कारण तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएको बताए ।  
भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंबाट पक्राउ 
भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंबाट पक्राउ  विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सुधारगृहमा थिए । आइतबार सुधारगृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । त्यसमध्येका ८४ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो । 
नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट
नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अंकले ओरालो लागेर एक हजार ९९८ दशमलव २८ मा सीमित भएको छ ।
भक्तपुरमा गोली चल्यो : तीन घाइते, एकको अवस्था गम्भीर
भक्तपुरमा गोली चल्यो : तीन घाइते, एकको अवस्था गम्भीर सोमबार सुधार गृहमा भएका बन्दीहरूले प्रहरीमाथि आक्रमण गरी मूलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएका छन् । घाइते बन्दीमध्ये एकजना गम्भीर घाइते छन् । दुई जनाको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।
बालसुधार गृहको ढोका फोडेर भागे सय बढी कैदी
बालसुधार गृहको ढोका फोडेर भागे सय बढी कैदी सुधार गृहको पछाडिको ढोका फोडेर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । उनका अनुसार सुधार गृहमा तैनाथ सुरक्षाकर्मीलाई आक्रमण गरेर उनीहरु भागेका हुन् ।
ललिता निवास प्रकरण : आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
ललिता निवास प्रकरण : आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अनुमति ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपितहरूलाई थप ३ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । सीआईबीको हिरासतमा रहेका आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते...
Weather Update