News Griha :: न्यूजगृह
नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट

काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अंकले ओरालो लागेर एक हजार ९९८ दशमलव २८ मा सीमित भएको छ ।

कूल ४१ लाख ६३ हजार ८७२ कित्ता शेयर एक अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको आठ करोड दुई लाख ४७ हजार दुई सय ३४ मूल्यमा कारोबार भएको थियो ।

यस्तै, नेप्सेका अनुसार, लक्ष्मी लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी सोमबार मेछ्यान हाइड्रोपावर ७ दशमलव ९९, हिमालयन पावर पार्टनर ५ दशमलव ७७, कृषि विकास बैंकको ऋणपत्र ५ दशमलव ५९, भूगोल इनर्जी ५ दशमलव १६ प्रतिशतले गुमाएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:४७
Weather Update