विश्वासको मत
सभामुखले आफ्नो इच्छामा राजीनामा गर्नु भएको होइन : मुख्यमन्त्री थापा

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तत्कालीन सभामुखले आफ्नो इच्छाले पदबाट राजीनामा नदिएको बताएका छन् ।
सोमबार दिउँसो विश्वासको मत लिन बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले राजनीतिक बाध्यताका कारण तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएको बताए ।
‘सभामुखले आफ्नो इच्छाले राजीनामा गर्नु भएको होइन, सभामुखलाई राजीनामा गराउनु हाम्रो बाध्यता रह्यो,’ उनले भने ।
यस क्रममा उनले काेशी प्रदेशमा देखिएको राजनीतिक समस्याको समाधानमा सबैको भूमिका बराबर रहेको बताए ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १६:५५













