News Griha :: न्यूजगृह
बालसुधार गृहको ढोका फोडेर भागे सय बढी कैदी
तस्बिर : कमल प्रसाईँको फेसबुकबाट । 

काठमाडौं— भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा कैद भुक्तान गरिरहेका एक सय बढी कैदी भागेका छन् ।

सुधार गृहको पछाडिको ढोका फोडेर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । उनका अनुसार सुधार गृहमा तैनाथ सुरक्षाकर्मीलाई आक्रमण गरेर उनीहरु भागेका हुन् ।

सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए । सुधार गृहमा रहेका महिलाहरू भने नभागेका प्रजिअ रिजालले बताए ।    

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:३७
Weather Update