News Griha :: न्यूजगृह
नाबालक कैदीबन्दी फरार घटना : दुई एसएसपीसहितको प्रहरी टोली घटनास्थलमा

काठमाडौं— भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट २ सय २१ जना नाबालक कैदीबन्दी भागेपछि दुई एसएसपीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।

बालसुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा नाबालक बन्दी भागेका हुन् । घटनास्थलमा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरू दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको डीआईजी लालमणि आचार्यले बताए ।

फरार २२१ जना जना नाबालक बन्दीको खोजी भइरहेको डीआईजी आचार्यले जानकारी दिए । जसमध्ये ८४ जना पक्राउ परिसकेका छन् ।  

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:०२
Weather Update